जिप दुर्घटना अपडेट : एकको मृत्यु, १५ को उपचार जारी
- फाल्गुन २०, २०८०
- 0
धनकुटाको पाख्रिबासमा आज अपराह्न भएको दुर्घटनामा घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।
पाख्रिबास नगरपालिका–१० चुङमाङमा भएको दुर्घटनामा सख्त घाइते सहिदभूमि गाउँपालिका–५ की ९ वर्षीया संस्कृति राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा उनको धनकुटा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका थिए । तीमध्ये चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटाको हिले बजारबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
पिकअपका चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







