सरकारद्धारा विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियुक्त (नामवलीसहित)

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटकदूत नियुक्त गरेको छ ।

पर्यटक प्रवद्र्धक सम्बन्धि कार्यविधि २०७९ को दफा ३ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जानकारी दिए।

सरकारले पर्यटनको क्षेत्रमा वृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवद्र्धकको जिम्मेवारी दिँदै आएको छ ।

जस अनुसार कतारका लागि गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्र कुमार शर्मा, साउदीमा एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याल जोन, युकेका लागि एनआरएनए उपमहासचिव सोम सापकोटा, माल्टाका लागि एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारी, संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको लागि विनोद अधिकारी, न्यूयोर्कको लागि गोकुल श्रेष्ठ, नर्थ क्यारोलिनाको लागि विक्रम घिमिरे, मेरिल्याण्डको लागि राजु पराजुली र बोष्टनको लागि मिलन गुरुङ पर्यटन प्रवद्र्धक भएका छन् ।

यस्तै आयरल्याण्डको लागि बसन्त न्यौपाने, क्यानडाको टोरन्टोको लागि सुमन अधिकारी, ब्रम्पाटोन सिटिको लागि बेखामान व्यञ्जनकार, एडमोन्टोन सिटीको लागि सुवास गिरि, कलग्यारी सिटीमा सन्तोषराज दाहाल र ह्याम्पसायर सिटीकोे लागि सन्तोसराज दाहाललाई नियुक्त गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया