सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

news-details

काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ ।

फुटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाएको थियो ।

त्यसक्रममा सुन्धारा क्षेत्रमा झडप भएको छ । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरुले प्रतिकार गरेका थिए ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गर्दै महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले बुधबार बेलुका ८ बजे सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गरेको छ ।

संघले महानगर प्रहरीले आक्रमण गरी सामान समेत लुटपाट गरेकाे आराेप लगाएकाे छ । साथै मजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको संघले जनाएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि प्रतिकार गरेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया