सम्पदा अवलोकन गर्न चेओरवनका मेयर ललितपुरमा
- फाल्गुन १६, २०८०
- 0
कोरियाको चेओरवान सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डल ललितपुर आइपुगेको छ । ललितपुर महानगरपालिकाको निमन्त्रणमा यहाँका असल अभ्यास र कार्यहरूको अवलोकन गर्न कोरियन मेयर जाङसहितको टोली ललितपुर आएको हो ।
यहाँको भ्रमणपछि चेओरवनका मेयर जोङले ललितपुर महानगरको कला तथा संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन् । ‘यो सुन्दर सहरमा निम्ता गरी काष्ठका साथै धातु र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला बारेमा आफूले ज्ञान प्राप्त गर्न पाएको धेरै भाग्यमानी ठानेको छु,’ उनले भने, ‘यहाँबाट हामीले धेरै कुरा सिकेर जाँदैछौँ ।’
उनको यो भ्रमणपछि ललितपुर र चेओरवनका बीचमा भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावसमेत अघि बढेको छ ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले कोरियाको चेओरवन र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रयास भइरहेको बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







