आठ संसदीय समितिको बैठक बस्दै
- फाल्गुन १५, २०८०
- 0
मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ ।
महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृति सष्णिुता प्रवद्र्धनका विषयमा छलफल हुँदैछ ।
त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ ।
आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानून न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







