आज मगर एकता दिवस मनाइदै, मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा
- फाल्गुन १५, २०८०
- 0
आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् ।
विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गरी दिवस मनाउने तयारी छ । ती क्षेत्रमा दर्जनौँ स्थानीय तहले स्थानीय विदा दिएका छन् ।
दिवसका अवसरमा पाल्पा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सबै स्थानीय तहले स्थानीय विदा दिने निर्णय गरेका छन् । त्यहाँ मगर समुदायका विभिन्न संघसंस्थाहरूले झाँकी प्रदर्शनसहित सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या ६.९ प्रतिशत अर्थात् २० लाख १३ हजार चार सय ९८ रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







