संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो
- फाल्गुन १४, २०८०
- 0
प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनापछि ३२ जना प्रहरीको जिम्मेवारी खोसेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई हटाएर त्यहाँ अर्को प्रहरी समूहलाई पठाइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यहाँ प्रहरीको विशेष कार्यदलका प्रहरी टोली खटाउने गरिएको छ। उनीहरुलाई जिम्मेवारीबाट फिर्ता गरी अन्य टोली खटाइसकिएको हो।
प्रधान कार्यालयले भने जिम्मेवारी हेरफेर गरेको जनाएको छ। त्यस विषयमा केही अघि गृहमन्त्रालयमा आकस्मिक सुरक्षा बैठक बसेको थियो।
गृह मन्त्रालयले उक्त विषयमा छानबिन समितिसमेत गठन गरेकाले त्यसको प्रतिवेदन नआउँदासम्म उनीहरुलाई कार्य क्षेत्रमा नखटाइने भएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







