माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
- फाल्गुन १३, २०८०
- 0
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुने जनाइएको छ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।
बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







