परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
- फाल्गुन १२, २०८०
- 0
परराष्ट्रमन्त्री एनपि साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री शुक्रबार भेटवार्ता भएको हो।
विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख बताएका छन्।
साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
फागुन ९ गते नयाँदिल्ली प्रस्थान गरेका मन्त्री साउदले शुक्रबार रायसिना संवादलाई सम्बोधन गरेका थिए।
परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन्।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







