कोशी र मधेशसहित केही ठाउँमा वर्षाको सम्भावना

news-details

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया