स्वयम्भू घटना : छोरी र श्रीमतीसहित ३ जनाको हत्यापछि झुन्डिएको अवस्थामा मृत भेटिए श्रीमान
- फाल्गुन ९, २०८०
- 0
नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान श्रीमती, छोरी र नातिनीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताए ।
ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नातिनी शिवानी श्रेष्ठको हत्या भएको थियो ।
हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताए । ‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उनले भने ।
घिमिरे घर बनाउने काम गर्थे । हत्यापछि उनले सालोलाई फोन गरेर उनले आत्महत्या गर्न लागेको बताएका थिए ।
हत्याको कारण खुलिसकेको छैन । प्रहरीले शवको मुचुल्का उठाइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







