एमाले बैठक : आजदेखि चार एजेण्डामा समूहगत छलफल
- फाल्गुन ९, २०८०
- 0
प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रीत हुनेछ ।
पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धिकरण तथा सुदृढिकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्तावहरू पेश भएका छन् ।
समूहगत छलफल र प्राप्त निष्कर्षहरूमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूूची रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







