आयल निगमको कार्यकारी निर्देशकमा भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

news-details

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयल निगमको कार्यकारी निर्देशक र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

बैठकले अरु पनि नियुक्ति तथा नीतिगत निर्णय गरेको छ । यद्यपि सबै निर्णय भने सार्वजनिक गरिएको छैन । अब हुने नियमित पत्रकार सम्मेलनमा निर्णय जानकारी गराइने सञ्चारमन्त्री शर्माले बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया