आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
- फाल्गुन ६, २०८०
- 0
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार आज प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यसूची छ ।
सचिवालयका अनुसार आजै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







