कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
- फाल्गुन ३, २०८०
- 0
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीकोे महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बिहीबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महासमिति बैठकका एजेन्डाहरु तय गर्ने र बैठकमा प्रस्तुत गर्ने तयारी रहेका प्रतिवेदनहरु समेत पास गर्ने जनाइएको छ ।
५ गतेदेखि ९ गतेसम्म हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अलग–अलग प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ ।
सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले महासमितिको बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







