कपिलवस्तुमा बस दुर्घटना : ३ महिलासहित १० को मृत्यु, ३० जना घाइते
- फाल्गुन ३, २०८०
- 0
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् ।
सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । दुर्घटना कपिलवस्तु र दाङको सीमा क्षेत्र आसपास हो ।
उनका अनुसार बसमा ४० जना यात्रु थिए । घाइते ३० जनामध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । मध्यरातमा दुर्घटना भएका कारण घाइतेको उद्धार र उपचारका लागि समस्या भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







