माओवादी केन्द्रको विधान अधिवेशन आज पनि
- फाल्गुन २, २०८०
- 0
मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ । सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ ।
ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा छलफल गरिरहेका छन् । बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।
बुधबार दिउँसो १ बजेसम्म समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।
बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







