आजको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना

news-details

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ ।

त्यस्तै, बेलुका देशभर आंशिकदेखि साधारणतया बदली रही देशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया