माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
- माघ २८, २०८०
- 0
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो ।
माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए ।
आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।
माओवादीले फागुन १ गतेदेखि काठमाडौंमै विधान सम्मेलन गर्दैछ । पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







