माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि
- माघ २६, २०८०
- 0
नेकपा माओवादी केन्द्रको स्थायी कमटिी बैठक आजदेखि बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन् ।
बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्न शुक्रबारदेखि स्थानीय कमिटीको बैठक बस्न लागेको सचिव गणेश साहले जानकारी दिए ।
विधान अधिवेशनका लागि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने उनले बताए । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
सोही बैठकपछि स्थायी कमिटीमा छलफल गरेर विधान अधिवेशनको तयारीलाई टुंगोमा पु¥याउने माओवादी केन्द्रको तयारी छ ।
माओवादी केन्द्रले फागुनको १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने मिति तोकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







