कांग्रेसको काठमाडौं जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
- माघ २६, २०८०
- 0
नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय सभागृहमा विहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौंका दस वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्मेलनले जिल्लामा संगठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए । उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ ।
सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौंका नेताहरूले सम्बोधन गर्नेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







