राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश’ पारित
- माघ २४, २०८०
- 0
राष्ट्रिय सभाबाट ‘आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यायदेश, २०८० स्वीकृत भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल भएको थिए । छलफलपछि बैठकले राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्यो ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८९ को उपनियम ३ अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यायदेश,२०८० सदनमा प्रस्तुत गरेका थिए । उक्त अध्यायदेश सर्वसम्मतिबाट स्वीकृत भएको हो।
यस्तै, विधायन व्यवस्थापन समितिको सभापति जयन्तीदेवी राईले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धीको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेस गरेकी छिन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







