६ महिनामा भित्रियो सात खर्ब २६ अर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने भने घटे
- माघ २३, २०८०
- 0
राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ।
गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो ।
यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आएको छ । छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।
यो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







