आज एकै दिन ८ वटा संसदीय समितिको बैठक
- माघ २३, २०८०
- 0
मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक विहान १० बजे बस्दैछ । महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजेका लागि बोलाइएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठकको पनि विहान ११ बजे नै बस्दैछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने साढे ११ बजेका लागि बोलाइएको छ । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







