वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

news-details

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

अध्यक्ष ओलीले नेपालमा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गरे । वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उनको आरोप थियो । उनले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । उनले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए ।

अध्यक्ष ओलीले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताउनु भयो । उहाँले स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको बताउनु भयो । रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उदण्ड काम सरकारले गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले कुनैपनि स्वतन्त्र संस्थाहरुलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोप लगाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया