कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- माघ १९, २०८०
- 0
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशनका कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।
संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







