हल्का वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह
- माघ १९, २०८०
- 0
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो पनि आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ ।
यसैगरी, शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ ।
चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







