सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने
- माघ १६, २०८०
- 0
मंगलबारदेखि देशभरका सरकारी कार्यालयहरू विहान १० बजेदेखि ५ बजेसम्मै खुल्नेछन् । सरकारले जाडो याममा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा घटाएको थियो । तर, अब दिनहरू लम्बिने भएकाले कार्यालयहरू बेलुका ५ बजेसम्म नै सञ्चालन हुनेछन् ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने तोकेको थियो ।
त्यसबाहेक कात्तिक १५ देखि माघ १५ सम्मको अवधिमा भने कार्यालय समय १० देखि ४ बजेसम्म मात्रै हुने निर्धारण गरिएको थियो । शुक्रबार भने विहान १० बजेदेखि ३ बजेसम्मलाई कार्यालय समय तोकिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







