पाथीभरामा तामाको स्वागतद्धार बनाउने निर्णय
- माघ १५, २०८०
- 0
ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो ।
समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बनाउने निर्णय भएको बताए । समितिकाअनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ ।
‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’
यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्धार निर्माण गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







