धरहरामा आजदेखि निःशुल्क पार्किङ सेवा
- माघ १४, २०८०
- 0
धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा शुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो स्थान उपलब्ध गराएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको बताए । सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराइको हो ।
५० हजार स्क्वायर फिट क्षेत्रफलमा रहेको निःशुल्क पार्किङले यस क्षेत्रको समस्या केही हदसम्म हल हुने महानगरको दाबी छ । संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







