कोशी, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

news-details

आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।

आज पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

शुक्रबार राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । राती देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेकाले दैनिक जनजीवन,स्वास्थ्य, यातायात एवं हवाई यातायातमा प्रभावित हुन सक्ने तथा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया