ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित रंगेहात पक्राउ
- माघ १०, २०८०
- 0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनीहरुले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







