आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात
- माघ १०, २०८०
- 0
बुधबार पनि देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदलीय रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, बेलुका पहाडी क्षेत्रमा केही बदली भएपनि साधारणतया देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।
हुस्सु र कुहिरोले यातायातका साधनहरु निर्बाधरुपले चल्न सकेका छैनन् भने सर्वसाधारणलाई दैनिकी चलाउन समेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







