महानगरले न्यूरोडमा सवारीसाधन पार्किङ निषेध गरेपछि सटर बन्द गरेर व्यवसायीहरु आन्दोलित

news-details

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ ।

महानगरपालिकाले आजबाट सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । महानगरपालिकाले काठमाडौं टावरमा नि:शुल्क पार्किङको व्यवस्था मिलाएको छ ।

यसैबीच न्यूरोडका व्यापारीले महानगरको निर्णयको विरोध गर्दै सटर बन्द गरेका छन् ।

सवारीसाधन पार्किङ हटाएसँगै ग्राहक नआउने भन्दै व्यवसायीले सटर नै बन्द गरेर विरोध जनाएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया