रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

news-details

रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।

साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए। साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए। तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। दर्जन बढी नेपाली युवाका शव रुस स्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया