माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने
- पुस २८, २०८०
- 0
माओवादी केन्द्रले आगामी फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशनको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘बैठकको मुख्य एजेण्डा विधान सम्मेलन नै थियो । फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु पनि छान्ने क्षेत्र बनाइसकेका छौं ।’
त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘पार्टी एकताको विषयमा छलफल भएको थियो । पार्टी एकताका लागि एकता संयोजन समिति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनाउने भन्ने निर्णय भएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







