चन्द्रागिरिमा कार दुर्घटना हुदा ४ वर्षीय बालकसहित एकै परिवारका चार जनाको मृत्यु

news-details

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका-४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।

उनीहरू सबै एकै परिवारका हुन्। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो।

जिपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको छ।

उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको एसपी ढुंगोलले जानकारी दिए। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया