राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न
- पुस २८, २०८०
- 0
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ।
आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उमेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोगका अनुसार ५२ जनाको उम्मेदवारी परे पनि एकजनाको उम्मेदवारी शुक्रबार फिर्ता भएको छ। लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







