राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

news-details

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको शालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो।

नेपाल एकीकरण अभियानका नेतृत्त्वकर्ता पृथ्वीनारायण शाहको आज ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ।

यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया