युवा तथा खेलकूदमन्त्री लिम्बुलाई पत्नी वियोग
- पुस २७, २०८०
- 0
युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका छन् । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा निधन भएको हो । उनको शुक्रबार विहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।
लिम्बुका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







