राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
- पुस २७, २०८०
- 0
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
राष्ट्रिय सभामा रिक्त १९ पदका लागि पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
आज उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।
आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
भोलि ती उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







