बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी बरामद
- पुस २५, २०८०
- 0
हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।
सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् । ‘त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ’, एआईजी बज्राचार्यले भनिन् ।
लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको छ। बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







