राष्ट्रियसभा निर्वाचन : आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने
- पुस २५, २०८०
- 0
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारीको आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ ।
माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । तीउम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गरिने निर्वाचन आयोगको कार्यसूची रहेको छ ।
निर्वाचन आयोगको कार्यसूची अनुसार आज र भोलि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यसैगरि २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







