तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते, तीन गम्भिर
- पुस १९, २०८०
- 0
वीरगञ्जबाट पोखरा गइरहेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।
बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ ।
गम्भिर ३ जनालाई थपउपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







