विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

news-details

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो। कार्यालय उद्घाटन निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले गरे। उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिसँग चाँडै छलफल कार्यक्रम गरिने उनले बताए। कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुखरउपप्रमुख २७४ सहित ३६७ जनाले मतदान गर्ने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया