दुई संसदीय समितिको बैठक बस्दै
- पुस १७, २०८०
- 0
आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा पनि शिक्षा समितिमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







