सुतेकै अवस्थामा बेहोस भेटिएका प्रहरी हवल्दारको मृत्यु
- पुस १६, २०८०
- 0
संखुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा ड्युटीमा रहेका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् ।
प्रहरीका अनुसार इलाम घर भएका उनी आइतबार राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका थिए ।
ड्युटी सकेर उनी सुत्न गएका थिए । पोशाकमै सुतेको अवस्थामा उनी फेला परेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







