राष्ट्रपति पौडेल र जापानी राजदूत युताकाबीच भेटवार्ता
- पुस १२, २०८०
- 0
राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार राष्ट्रपति भवन शितलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेको बताए ।
उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पु¥याई आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







