सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा, भोलि पुन: सुनुवाइ हुने
- पुस ११, २०८०
- 0
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा बसेको छ। जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको थियो।
यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
आज सरकारी वकिल र पीडित पक्षका वकिलले बहस गरेका थिए तर मुद्दा हेर्दाहेर्दैमा बसेको छ। वकिलको बहस र पीडित पक्षबाट जवाफी बहस भएपछि मात्रै अदालतले आदेश दिने छ।
गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।
सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेल बस्नु पर्ने छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







