पक्राउ पुर्जीबारे विप्लवको प्रतिक्रिया : ‘सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य हुँदैन’

news-details

नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने बताएका छन । उनले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने बताएका हुन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव चन्दले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरुको बारेमा छलफल शुरु भएको बताए ।

चन्दलाई अदालतबाट पक्राउ पूर्जि जारी गरिएकाले उहाँले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए ।

नेता चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया